८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
‘हामीले हाम्रो बजेट खर्च गर्ने क्षमता पनि बढाउनुपर्छ ।’

काठमाडौं बस्नेहरु नेपालको सम्पत्ति आफ्नै ठान्छन् : पृथ्वीसुब्बा


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०७८ , बिहिबार

  • काठमाडौं बस्नेहरु नेपालको सम्पत्ति आफ्नै ठान्छन् : पृथ्वीसुब्बा

    पोखरा, ५ फागुन – गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीय सरकारमा बस्नेहरुको मानसिकता अझै पनि केन्द्रीकृत भएको बताएका छन् । उनीहरुले नेपालको सम्पत्ती आफ्नो ठान्ने गरेको बताउँदै गुरुङले यस्तो मानसिकता परिवर्तन नभई संघीयता प्रभावकारी हुन नसक्ने टिप्पणी गरे ।

    ‘संघीय सरकारको मानसिकता अझै पनि केन्द्रिकृत छ, संघीय छैन’, गुरुङले भने, ‘संघीय सरकारका प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीतन्त्र के ठान्छन् भने नेपालको सम्पत्ति हाम्रो हो, प्रदेश र स्थानीय तहको होइन ।’ गण्डकी सरकारमा आफु मुख्यमन्त्री यस्ता विषयमा तत्कालीन विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसँग धेरै कुराकानी गर्ने गरेको बताए ।

    जुनसुकै पार्टीको सरकार बनेपनि यस्ता मानशिकता अन्त्य नगरी संघीय प्रणालीले काम गर्न नसक्ने गुरुङले बताए । यसका लागि अहिले प्रतिपक्षमा रहे पनि संघीयता बलियो बनाउने सवालमा सरकारलाई सघाउन तयार रहेको उनको भनाई छ ।गण्डकी प्रदेशको ४ वर्ष पूरा गरेको अवसरमा आयोगित कार्यक्रममा बोल्दै गुरुङ प्रदेश बलियो भयो भने मात्र काम गर्न सक्ने बताए । स्थानीय सरकारको अनुगमन र मुल्याङ्कन हुन नसक्दा नेतृत्वविहीन र अराजकता देखिन थालेको उनको भनाइ छ । यससम्बन्धी संघीय सरकारले कानून बनाइदिनुपर्ने उनले बताए ।

    संघ सरकारले कानुन नबनाइदिँदा जतिसुकै उत्साह भएपनि अघि बढ्न नसक्ने अनुभव आफ्नो रहेको गुरुङले बताए । हेर्दा सानातिना देखिए पनि संघ सरकारले महत्वपूर्ण कानून र अधिकारको बाँडफाँडमा उदारता नदेखाएको उनको जिकिर थियो ।

    ‘हामीले नडराई, चुनौती नदिई, समन्वय र सहकार्य नगरी, सहकार्य गर्न बाध्य नपारी संघ सरकारले प्रदेशलार्य काम गर्न दिँदैन,’ उनले भने । संघ सरकारसँग सहकार्य गर्न अन्तर प्रदेश समन्वय परिषदको बैठक बस्न नसकेको गुरुङले बताए । अघिल्लो सरकार हुँदा २ पटक बैठक बसेपनि पर्याप्त नभएको उनको भनाइ छ ।‘अन्तर प्रदेश समन्वय परिषद र राष्ट्रिय समस्या समाधान समितिको बैठक बस्न सकेको छैन, जहाँ मुख्यमन्त्रीहरु सदस्य हुन्छन्’, उनले भने, ‘यस्तो महत्वपूर्ण प्लेटफर्म व्यवस्थित हुन नसक्दा पनि समस्याहरु समाधान हुन सकेनन् ।’

    संघ र प्रदेशमा सरकार परिवर्तन भएपछि एउटा पनि बैठक बस्न नसकेको उनले बताए । प्रदेश सरकारले स्थानीय तहसँगको समन्वय बैठक राख्न नसकेको गुरुङको भनाई छ । यतातर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले सुझाव दिए ।प्रदेश सरकारलाई संघले कम्तिमा ३५ प्रतिशत बजेट दिनुपर्ने गुरुङको माग छ । संघ सरकारले राष्ट्रिय राजमार्ग, विमानस्थल लगायत ठूला आयोजनाबोहक बाँकी योजना प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने उनले बताए । अहिले पनि संघ सरकारले सानातिना योजनामा बजेट राखेको भन्दै उनले असन्तुष्टि जनाए ।

    प्रदेश सरकारले अहिले दिएको ८, १० प्रतिशत बजेटसमेत खर्च गर्न नसकेको आरोप लाग्ने गरेको गुरुङको भनाई छ । ‘हामीले बजेट माग्न जाँदा अहिले दिएकै बजेट खर्च गर्न नसकेको भन्ने गरेका छन्,’ गुरुङले भने, ‘हामीले हाम्रो बजेट खर्च गर्ने क्षमता पनि बढाउनुपर्छ ।’

    आफुले बनाएको नीति र कार्यक्रम अन्य प्रदेश र संघ सरकारले समेत अनुकरण गरेको भन्दै गुरुङले सरकारको नेतृत्व परिवर्तन भए पनि नीति र कार्यक्रम परिवर्तन हुन नहुने बनाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend