९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
आकास खाली गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०७८ , बिहिबार

  • ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

    काठमाडौं, ५ फागुन – नेपालमा ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । यसमा परीक्षण उडानका लागि नेपाल आएको एरो थाइ विमानले एक हप्तासम्म भैरहवा क्षेत्रको आकास खाली गरेर क्यालिब्रेसन प्रकिया पूरा गर्नेछ ।

    यो विमानस्थल (गौतमबुद्ध अन्तर्राष्ट्रिय) मा आवश्यक सबै उपकरहरुण समेत जडान भइसकेका छन् । जडान भएका उपकरणहरुले काम गरे/नगरेको जाँचका लागि थाइल्याण्डबाट बिहीबार मात्रै एरो थाइको जहाज नेपाल आइसकेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुकुन्द मिश्रका अनुसार आगामी एक सातासम्म हरेक दिनजसो यो जहाज भैरहवाको आकासमा उड्ने छ । जसले यहाँ जडान भएका हरेक उपकरणले विमानस्थल सञ्चालनका दौरान काम गरे/नगरेको परीक्षण गर्नेछ ।

    जहाजमा कुल ७ जना अट्छन् । जसमा २ जना पाइलट हुन्छन् । क्यालिब्रेसन उडानमार्फत एयर ट्राफिक कन्ट्रोल टावरमार्फत कम्यूनिकेसन प्रणालीबारे परीक्षण हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend