९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसीको विषयमा हिंसा भड्काउने विचार स्वीकार्य छैन: अमेरिकी राजदूत


जनमञ्च संवाददाता
  • ६ फाल्गुन २०७८ , शुक्रबार

  • एमसीसीको विषयमा हिंसा भड्काउने विचार स्वीकार्य छैन: अमेरिकी राजदूत

    काठमाडौं, ६ फागुन – नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् ।

    शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, “हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको  बिषयमा पनि हाम्रो धारणा त्यही हो,” दुतावासले लेखेको छ,“आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।”

    नेपालमा एमसीसी परियोजनाको पक्ष विपक्षमा बहसहरु भइरहेका छन् । सरकारले फागुन ४ गतेको संसद् बैठकमा एमसीसी अनुमोदन गराउने प्रयास गरेको थियो । तर, सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच कुरा नमिल्दा परियोजना टेवल हुन सकेको थिएन । सरकारले शुक्रबार बसेको संसद् बैठकमा पनि परियोजना टेवल गराउने तयारी गरेको थियो ।

    एमसीसी परियोजना टेवल गराउने विषय सत्ता गठबन्धनमा एक मत छैन । कांग्रेस परियोजना अनुमोदन गराउने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा (एस) विपक्षमा छ । जसपामा बाबुराम भट्टराई पक्ष परियोजना पक्षमा छन् भने उपेन्द्र समूह विपक्षमा देखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend