काठमाडौं, ७ फागुन – नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा अर्जुन कुमार सापकोटा चयन भएका छन् । मञ्चको शनिवार समपन्न १२औं सम्मेलनले सापकोटालाई अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा तारा प्रसाद सापकोटा र ममता गैरे शर्मा, सचिवमा ओम केसी, उपसचिवमा सचिता गौतम र देवेन्द्र पौडेल, कोषाध्यक्षमा कृष्ण वहादुर खड्का सर्वसम्मत रुपमा चयन भएका छन् ।
मञ्चको सदस्यहरुमा कृष्ण प्रसाद उपाध्याय, तम्कली शर्मा, राम बहादुर क्षेत्री, गणेश चालिसे, शुशिल ढुंगाना, तिल बहादुर पुन, मन बहादुर दमाई, कुविर खड्का, कृष्ण खड्का, रामचन्द्र आचार्य, दिल बहादुर क्षेत्री, केश माया घर्ति, मदन घर्ति, सन्तोष घिमिरे, अपिल खरेल, पेम कुमारी भण्डारी, किस्मत पौडेल, विनिता भण्डारी, कमला शर्मा, दलबिर भण्डारी, मिलन कँडेल, भिम पुन, भिम पौडेल, विर वहादुर अदैै र जित बहादुर छन्त्याल चयन भएका छन् ।
सम्मेलनको उदघाट्न एमालेका केन्द्रिय सचिव योगेश भट्टाराईले गरेका थिए । मञ्चका संयोजक कृष्ण जिसीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य लील वहादुर थापा मगर, मन कुमार केसी, सम्पर्क कमिटीका केन्द्रिय सदस्य तथा सहइन्चार्ज कल्पना थापा, केन्द्रिय सदस्य सूर्य पाठक, समन्वय समितिका संयोजक श्याम कुमार वस्नेत, गण्डकी प्रदेश सम्मर्क कमिटीका अध्यक्ष ऋषि कँडेल, सचिव पदम गिरी, पार्टीका जिल्ला अध्यक्ष हिरा वहादुर केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन मञ्चका सचिव ताराप्रसाद सापकोटाले र स्वागत उपाध्यक्ष अर्जुन सापकोटाले गरेका थिए ।