२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पानीमुनि गए पनि गठबन्धनलाई छाडिन्न : अध्यक्ष ओली


जनमञ्च संवाददाता
  • ८ फाल्गुन २०७८ , आइतबार

  • पानीमुनि गए पनि गठबन्धनलाई छाडिन्न : अध्यक्ष ओली

    म यिनीहरूलाई भन्न चाहन्छु, जति पानीमुनि गए पनि कहाँ बच्ला र यो गठबन्धन ? पानीमुनिबाट निकालेर भए पनि यसलाई ठेगान लगाइन्छ–लगाइन्छ ।

    काठमाडौं, ८ फागुन – नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनलाई जसरी पनि भत्काइने बताएका छन् । अबको चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्दै बढीमा एक वर्षभित्र गठबन्धन भत्किनेसमेत ओलीले दाबी गरे ।

    ‘महाभारतमा एउटा श्लोक छ, जतिसुकै पानीमुनि गए पनि कहाँ बस्ला र दुर्योधन । भीमले भन्छन्– पानीमुनि गए पनि कहाँ बच्ला र त्यो ?’ शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले भने, ‘म यिनीहरूलाई भन्न चाहन्छु, जति पानीमुनि गए पनि कहाँ बच्ला र यो गठबन्धन ? पानीमुनिबाट निकालेर भए पनि यसलाई ठेगान लगाइन्छ–लगाइन्छ ।’ चुनावपछि अहिलेको गठबन्धनलाई टर्चलाइट बालेर खोज्नुपर्ने उनको दाबी छ ।

    ‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी छाड्दैनौँ,’ ओलीले भने, ‘फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरूलाई टर्च बालेर खोज्नुपर्छ ।’ ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए । उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend