८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
तीन दिन वर्षा-हिमपातको सम्भावना

यस्तो छ शुक्रबारसम्मको मौसम अनुमान


जनमञ्च संवाददाता
  • ११ फाल्गुन २०७८ , बुधबार

  • यस्तो छ शुक्रबारसम्मको मौसम अनुमान
    x'Dnfdf lxdkft l;dsf]6, !) k'; M lxdfnL lhNnf x'Dnfdf zlgaf/ laxfgb]lv lxdkft . lxdkftaf6 lhNnfdf cTolws lr;f] sf/0f ;j{;fw/0fnfO{ si6 ePsf] 5 . t:jL/ M bfg] af]x/f÷/f;;

    काठमाडौं, ११ फागुन – वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा यसको सामान्य प्रभाव सुरु भएको हो।

    जसका कारण पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा भएको छ। देशका बाँकी स्थानमा भने मौसम आंशिक बदली रहेको जानकारी महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिइएको छ। ​

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

    जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

    महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म यस्तो छ मौसमको सम्भावना :

    फागुन ११ गते बुधबार

    दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

    राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    फागुन १२ गते बिहीबार
    दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    राति : देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।​

    फागुन १३ गते शुक्रबार
    दिउँसो : देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका साथै उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। सूदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै उक्त प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङको समेत सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।​

    राति : देशका सूदूरपश्चिम, कर्णाली, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै उक्त प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङको समेत सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

    (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यसैगरी आंशिक बदली भनेको धरैजसो आकाश खुला, थोरैमा बादल, सामान्य बदली भनेको धेरैजसो आकाशमा बादल, थोरै खुला, पूर्ण बदली भनेको पूरै आकाश बादलले ढाकेको तथा मौसम सफा भनेको आकाशमा कतै बादल नभएको अवस्था हो।) 

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend