९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने


जनमञ्च संवाददाता
  • ११ फाल्गुन २०७८ , बुधबार

  • लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

    काठमाडौं, ११ फागुन – लोकतान्त्रिक समाजवादी पार्टीले अमेरिकी आर्थिक सहयोग परियोजना –एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा टेबल भएको एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो।

    अध्यक्ष महन्थ ठाकुरका अनुसार आजको बैठकमा उपस्थित सबै सांसदहरुले विपक्षमा मत नदिने पक्षमै मत दिने प्रतिबद्धता जनाएपछि ह्वीप भने लगाइएको छैन। संसद बैठक भोलि विहीबार बस्दैछ।

    ‘आज बसेको संसद बैठकले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ,’ ठाकुरनिकट नेताले भने, ‘सबै सांसदहरुले पार्टी निर्णय अनुसार पक्षमा उभिने र एमसीसीको पक्षमै मत दिने प्रतिवद्धता जनाउनुभयो। अनि ह्वीप लाइएको छैन।’

    अध्यक्ष ठाकुरले सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन भने निर्देशन दिएका छन्।  बैठकले अन्य निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend