काठमाडौं, १२ फागुन – बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको छ । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो ।
प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
संसद् सचिवालयले केही बेरमा सूचना टाँसेर बैठक स्थगितको जानकारी दिने तयारी गरेको छ ।