८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमाले प्रवेश गर्दै समाजवादीका गुरुङले भने, ‘नेता भनेकै केपी ओली’


जनमञ्च संवाददाता
  • १३ फाल्गुन २०७८ , शुक्रबार

  • एमाले प्रवेश गर्दै समाजवादीका गुरुङले भने, ‘नेता भनेकै केपी ओली’

    पाेखरा, १३ फागुन – जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका इन्चार्ज गणेशमान गुरुङ एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गुरुङलाई आफ्नो पार्टीमा स्वागत गरे ।

    त्यस अवसरमा गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएकाे बताए । “हाम्रो गुरुङहरु भन्छ लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे,” उनले भने, “पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता ।”

    ओलीले अबको जीवन देश र जनताका लागि भने झै आफूहरुको अबको जीवन एमालेका लागि हुने गुरुङले बताए ।

    कास्कीको धम्पुसका गुरुङ २०६९ सालअघिसम्म एमालेमै थिए । त्यसपछि उनी संघीय समाजवादी पार्टीमा गएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend