९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एकिकृत स्वास्थ्यकर्मी संगठन बागलुङको अध्यक्षमा शर्मा


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०७८ , शनिबार

  • एकिकृत स्वास्थ्यकर्मी संगठन बागलुङको अध्यक्षमा शर्मा

    बागलुङ, १४ फागुन – नेकपा एकिकृत समाजवादी निकट एकिकृत स्वास्थ्यकर्मी संगठन बागलुङको अध्यक्षमा टुकानाथ शर्मा चयन भएका छन् ।
    शनिबार भएको स्वास्थ्यकर्मीहरुको जिल्ला भेलाले टुकानाथ शर्माको अध्यक्षतामा एकिकृत स्वास्थ्यकर्मी संगठन नेपाल जिल्ला समिति बागलुङ गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल र सदस्यहरुमा मनिषा शर्मा, प्रवेश पौडेल, कालीप्रसाद भण्डारी, आशिष शर्मा, राधा पौडेल, कमला थापा अग्नी आचार्य, डिल्ली प्रसाद शर्मा र सृष्टि थापा चयन भएका छन् ।

    कार्यक्रममा वोल्दै नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद शर्माले समाजवादको एजेन्डालाई जनता माझ पुर्याउन पेशागत संगठनको महत्त्वपूर्ण भुमिका रहने भएकाले आफ्नो पेशागत जिम्मेवारीलाई केन्द्रमा राख्दै जनताको सेवामा सक्रिय रहनुपर्ने बताए ।

    सो अवसरमा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले नवगठित कार्यसमितिले पेशागत मर्यादालाई कायम गर्दै आफ्ना हकअधिकारलाई प्रभावकारी ढंगले लागुगर्न रचनात्मक पहल गर्न सक्रिय रहनुपर्ने धारणा राखे ।
    अध्यक्ष शर्माको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन युवा संघ बागलुङका अध्यक्ष प्रदीप जिसीले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend