२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

रुसको सामना गर्न युक्रेनले बाँड्यो आफ्ना नागरिकलाई हतियार


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७८ , आइतबार

  • रुसको सामना गर्न युक्रेनले बाँड्यो आफ्ना नागरिकलाई हतियार

    काठमाडौं, १५ फागुन – रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् ।

    रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २ सय जनाको मृत्यु भइसकेको र एक हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै राजधानी किभवासीलाई हतियार उपलब्ध गराएको छ । युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ ।

    रुसी सेना युक्रेनमा आक्रमण गरेको दोस्रो दिनमै राजधानी किभ नजिकै पुगेका थिए । अहिले राजधानी किभ नजिकका क्षेत्रमा भिषण संघर्ष जारी छ । राजधानी किभमा मेयरले कर्फ्यु जारी गरेका छन् ।
    रुसी सेनाले युक्रेनका दोनेत्स्क, लुहान्स्क, मरिउपोल, खार्किभसहित राजधानी किभ नजिकका अधिकांश क्षेत्र कब्जामा लिइसकेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend