८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
एमसीसी संसदबाट पास भएपछि सुर्खेतमा प्रदर्शन

सुर्खेतको एमाले पार्टी कार्यालयमा आगजनी, वीरेन्द्रनगरमा कर्फ्यू


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७८ , सोमबार

  • सुर्खेतको एमाले पार्टी कार्यालयमा आगजनी, वीरेन्द्रनगरमा कर्फ्यू

    सुर्खेत, १६ फागुन – कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको नेकपा (एमाले) को पार्टी कार्यालयमा आगजनी भएको छ।
    अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पास भएपछि आक्रोशित प्रदर्शनकारीले पार्टी कार्यालयमा आगजनी गरेका हुन्।
    समयमै आगो नियन्त्रणमा लिइएका कारण ठूलो क्षति हुन नपाएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले  बताए।
    यसैगरी प्रदर्शनकारीले मंगलगढी चोकमा रहेको प्रहरी बिटमा समेत आगजनी गरेका छन्।
    यता, प्रदर्शनकारीले नेपाली कांग्रेस र माओवादी केन्द्रको कार्यालय घेराउ गरी तोडफोड गरेका स्थानीयले बताएका छन्।
    आगजनी र प्रदर्शनका कारण वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। स्थानीय प्रशासनले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।
    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो ।
    प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend