९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसी अनुमोदनको २ दिनपछि प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको फोन


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७८ , बुधबार

  • एमसीसी अनुमोदनको २ दिनपछि प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको फोन

    काठमाडौं, १८ फागुन – अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार राति टेलिफोन कुराकानी भएको छ।

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच टेलीफोन संवाद भएको हो।
    ब्लिनकनले टुइटरमा जनाएअनुसार उनीहरूबीच रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको हो।

    त्यस्तै नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे समेत आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन्।

    ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं’, विदेशमन्त्री ब्लिन्कनले ट्विट गरेका छन्। प्रधानमन्त्री देउवाको सचिवालयले भने उक्त कुराकानीबारे जानकारी सार्वजनिक गरिसकेको छैन।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend