९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
प्रेस चौतारी गण्डकीको प्रथम अधिवेशन

प्रेस चौतारी गण्डकीको अध्यक्षमा पत्रकार पौडेल निर्वाचित


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७८ , शुक्रबार

  • प्रेस चौतारी गण्डकीको अध्यक्षमा पत्रकार पौडेल निर्वाचित

    पोखरा, २० फागुन – प्रेस चौतारी नेपाल, गण्डकी प्रदेशको अध्यक्षमा पोखराका पत्रकार इन्द्र पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

    पोखरामा सम्पन्न प्रथम अधिबेशनबाट उपाध्यक्षमा बागलुङका उमाकान्त शर्मा, महिला उपाध्यक्षमा कास्कीकी रोशनी गुरुङ, महासचिवमा लमजुङका आश गुरुङ, सचिवमा कास्कीका कमल सुबेदी, समावेशी सचिवमा स्याङ्जाका गोपाल जिटी र कोषाध्यक्षमा नवलपुरका भविश्वर पाण्डे सर्बसम्मत रूपमा चयन भएका छन्।

    ४५ सदस्यीय प्रदेश समितिका सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी र राजकुमार श्रेष्ठ चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिाला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कँडेल चयन भएका छन् ।

    निर्वाचित पदाधिकारी र सदस्यहरुलाई चौतारीका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले पद तथा गोपनियताका सपथ गराए । निवर्तमान अध्यक्ष सुष्मा पौडेलले माइन्युट हस्तान्तरण गरिन ।

    अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य धनन्जय दवाडीले निर्वाचित सवैलाई बधाई दिदै ब्यवसायिक पत्रकारिता र श्रमजिवी पत्रकारको अधिकारको लागि लाग्न जोड दिए । निर्वाचित अध्यक्ष पौडेलले प्रतिवद्धता मन्तब्य राखेका थिए । अधिवेशनले समसामायिक विषयमा ११ वुँदे प्रस्ताव पारित गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend