९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
केहो ट्याभी प्रत्यारोपण पद्धति ?

छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७८ , शुक्रबार

  • छाती नचिरी नेपालमै पहिलोपटक मुटुको सफल शल्यक्रिया

    काठमाडौं, २० फागुन – नेपालमा पहिलोपटक दुलर्भ ट्याभी (टीएभीआई) पद्धतिमार्फत मुटुको भल्भको सफल प्रत्यारोपण गरिएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एक ८० वर्षीया वृद्धाको ट्याभी पद्धतिमार्फत मुटुको भल्भ फेरिएको हो ।

    दुई वर्षको प्रयासपछि ट्याभी पद्धतिमार्फत मुटुको भल्भ प्रत्यारोपणमा  सफलता पाएको अस्पतालले जनाएको छ ।

    केहो ट्याभी प्रत्यारोपण पद्धति ?
    तिघ्राको धमनी फिमोरल आर्टरीबाट क्याथेटर (एक विशेष किसिमबाट निर्मित तार) छिराई मानवनिर्मित भल्भ प्रत्यारोपण गर्ने विधि ट्याभी प्रत्यारोपण पद्धति हो । शरीरमा भएको समस्याग्रस्त (एओर्टिक भल्भ)को ठाउँमा रखिएको कृत्रिम भल्भले तुरुन्तै काम गर्न थाल्दछ ।

    यो पद्धति छाती वा मुटु चिरेर गरिने शल्यक्रियाभन्दा छिटो र बिरामीलाई कम जटिलता हुने उपचार विधि भएको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए ।

    कस्ता रोगीलाई अपनाइन्छ यो पद्धति ?
    मानिसको मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्भ साँघरो हुनु एक प्रकारको मुटुरोग हो, यसलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ । विशेषगरी वृद्ध उमेर हुँदै गएपछि यो समस्या धेरैमा देखिने गर्दछ ।

    यस्तो समस्या भएका बिरामीमा श्वासप्रश्वासमा समस्या हुने, छाती दुख्ने, बेहोस हुनेजस्ता गम्भीर समस्या देखिन्छन् । चिकित्सकहरूकाअनुसार यस्ता लक्षण देखिएका बिरामीले उपचार नपाएमा दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

    युवा उमेरका यस्ता बिरामीको छाती तथा मुटु चिरेर शल्यक्रिया गरी मुटुको भल्भ प्रत्यारोपण गरिन्छ । तर वृद्ध उमेरका व्यक्तिमा यसरी शल्यक्रिया गर्दा जोखिम बढी हुने र शरीरिक दुर्वलता हुनसक्ने भएकाले ८० वर्षमाथिका रोगीलाई मात्रै ट्याभी उपचार पद्धति अपनाइने निर्देशक अधिकारीले बताए ।

    यसरी रखिएको भल्भको आयु १० देखि २० वर्षसम्म हुने र यसबीचमा बिरामीले नियमित परामर्श तथा औषधि लिइरहनुपर्ने पनि अधिकारीको भनाइ छ ।

    कति समय र खर्च लाग्छ ?
    गंगालाल राष्ट्रिय हृदय केन्द्रले दुई वर्षपछिको प्रयासपछि ट्याभी पद्धतिमार्फत भल्भ प्रत्यारोपण गर्न सफल भएको निर्देशक अधिकारी बताउँछन् । पहिलो प्रत्यारोपणका लागि नेदरल्यान्डको मेट्रोनिक्स कम्पनीबाट दुईवटा भल्भ मगाइएको थियो ।

    बिरामीको प्रकृति हेरेर कृत्रिम भल्भ ल्याइने डा. अधिकारीले बताए । मुटुमा भल्भ फेर्ने प्रक्रियामा मात्रै ३० मिनेट लागेपनि सबै तयारीसहित प्रत्यारोपण सकिँदा करिब दुईघण्टा लागेको थियो । निर्देशक अधिकारीको नेतृत्वमा रहेको २० जनाभन्दा बढी विशेषज्ञको टोलीलाई भारतको एपोलो अस्पतालबाट आएका एक विशेषज्ञले गाइड गरेका थिए ।

    फागुन १६ गते भल्भ प्रत्यारोपण गरिएकी ती महिलालाई शुक्रबार आज अस्पतालबाट डिस्चार्ज गरिएको छ । नेपालबाट मासिक रूपमा दुईजनासम्म भारत गए ट्याभी पद्धतिमार्फत उपचार गराउने गरेको अधिकारीले बताए ।

    गंगालाल अस्पतालमा यो उपचार २० देखि २५ लाखसम्ममा गराउन सकिने पनि अधिकारीले जानकारी दिए ।

    अस्पतालमा अहिले भएका उपकरण र जनशक्तिका हिसाबले यस्ता समस्या लिएर आउने बिरामीलाई अब गंगालालको विशेषज्ञ टिमले नै प्रत्यारोपण गर्नसक्ने अधिकारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend