काठमाडौं, २१ फागुन – युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर सिंगापुरले रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ।
सिंगापुरका विदेशमन्त्री भिभियन कालाकृष्णनले यसअघि संसदमा बोल्दै सिंगापुरको लक्ष्य उचित प्रतिबन्ध लगाउने धेरै समान विचार भएका मुलुकसँग मिलेर काम गर्नु रहेको बताएका थिए।
यद्यपि दक्षिण पूर्वी एसियाली मुलुकको संगठन (आसियन)का केही मुलुकले रुसको कदमको निन्दा गरेका छन्।