९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसी खारेजीको माग गर्दै जनमोर्चाले बागलुङमा गर्यो सभा


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७८ , शनिबार

  • एमसीसी खारेजीको माग गर्दै जनमोर्चाले बागलुङमा गर्यो सभा

    बागलुङ, २१ फागुन – एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा बागलुङले सदरमुकाम बागलुङ बजारमा शनिवार बिरोध सभा गरेको छ । लोकतान्त्रिकचोकमा भएको बिरोध सभालाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले एमसीसी परियोजना बिकास योजनाको उदेश्यले आए जस्तो देखिए पनि यो देशको सुरक्षा सैन्य रणनीतिसँग जोडिएको वताए ।

    मसीसीका कारण देशको सार्वभौम सत्ता खतरामा पार्ने बताउदै महासचिव भट्टले ५५ अर्ब अनुदानको नाममा देशको राष्ट्रियतालाई बन्धक बनाउन नहुनेमा जोड दिए । उनले सत्तासिन पार्टीहरुले कार्यकर्ताहरुलाई सडकमा बिरोध गर्न पठाएर नेताहरुले भने सदनबाट एमसीसी पारित गरेको आरोप लगाए ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले बिगतमा कोशी, गण्डकी, महाकाली जस्ता राष्ट्रघाती सन्धि सम्झौता गरेका ठुला दलहरुले देशको स्वार्थ भन्दा आफ्नो ब्यक्तिगत स्वार्थका लागि बैदेशिक शक्ति केन्द्र सामु घुडा टेकेर एमसीसी सम्झौता पारित गरेकोले त्यसको खारेजीका लागि आन्दोलन गर्र्नु परेको वताए ।
    कार्यक्रम सञ्चालन राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले गरेका थिए । सभा गर्नुपहिले जनमोर्चाले बागलुङ बजारमा नारा जुलुस गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend