९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सुखानीमा पुगे केपि ओली, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ ?


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७८ , शनिबार

  • सुखानीमा पुगे केपि ओली, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ ?

    झापा, २१ फागुन –

    सुखानीको रगतले भन्छ हामीलाई,
                सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’

    ५० वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जंगलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ ।

    विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिस्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिन्छ जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो ।

    सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जंगलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो । सोही विद्रोहका जगमा नेकपा(माले) हुँदै आजको नेकपा (एमाले) बनेको हो ।

    ५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट हत्या गरिएका आफ्ना पाँचजना सहयोद्धा कमरेडहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार सुखानी पुगेका छन् ।
    उपाध्यक्ष विष्णु पौडेलसहित सुखानी पोगेका ओलीलाई एमाले नेताहरु देवराज घिमिरे,अग्नि खरेल, एलपी साँवा लिम्बु,पवित्रा निरौला खरेल,दुर्गा प्रसाई लगायतले स्वागत गरेका थिए ।

    ओलीले शहीदका शालिकामा माल्यार्पण गर्नुका साथै शहीद स्मारक पार्क अवलोकन समेत गरे । सुखानी जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले हरेक वर्ष सुखानी दिवस मनाउने गरेको छ ।

    सुखानीमा एमालेले पाँच शहीदको शालिक स्थापना गरेर पार्क बनाएको छ भने केपी ओली नेतृत्वको सरकारले २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा गरेको थियो ।

    सुखानी पुगेका ओलीले शहीदले देखाएको बाटोमा एमाले निरन्तर अघि बढेको भन्दै कम्युनिस्ट आन्दोलनमा घुसेका केही व्यक्तिका कारण समृद्द नेपाल, सुखी नेपालीको अभियान अवरुद्ध भए पनि अब चुनावपछि फेरि एमाले सत्तामा फर्किएर बाँकी अभिभारा पूरा गर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend