२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

युद्धविराममै युक्रेनमाथि रूसको बमबारी


जनमञ्च संवाददाता
  • २२ फाल्गुन २०७८ , आइतबार

  • युद्धविराममै युक्रेनमाथि रूसको बमबारी

    मस्को – रूसले आफ्नै निर्णय लत्याउँदै अस्थायी युद्धविराम गरेका सहरमा पनि बमबारी जारी राखेको छ।  रूसको रक्षा मन्त्रालयले शनिबार मारिओपो र भोल्नोभाखामा युद्धविराम घोषणा गरेको थियो।  तर, त्यसको केही समयमै मारिओपोमा रूसको बमबारी जारी रहेको त्यहाँका उपप्रमुखले बताएका छन्।

     

    ती सहरका बासिन्दा बाहिर जाने मौका दिन शनिबार बिहान १० बजेदेखि युद्धविराम गरिएको रूसले जारी गरेको वक्तव्यमा उल्लेख छ।  त्यसपछि स्थानीयवासी बाहिर निस्किएका थिए।  सोही समय विभिन्न स्थानमा बमबारी भएको युक्रेनका अधिकारीले जनाएका छन्।

    रूसको रक्षा मन्त्रालयले भने उक्त घटनाको फरक विवरण प्रस्तुत गरेको छ।  युक्रेनी ‘राष्ट्रवादीहरू’ले नागरिकलाई सहर छाड्न नदिएका कारण पुनः बमबारी भएको मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रूसी रिआ समाचार संस्थाले जनाएको छ।  युक्रेनी फौजलाई रूसले राष्ट्रवादी भन्दै आएको छ।  रूसी रक्षा मन्त्रालयले सर्वसाधारणका लागि मानवीय सहयोगद्वार बनाएपछि रूसी सेनामाथि हमला गरिएको प्रतिक्रिया दिएको छ।

    उसले धेरै मानवीय क्षति हुन नदिन युद्धविरामको रणनीति लिएको थियो।  रूसी सेनाले फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेको हो।  अहिलेसम्म ठूलो जनधनको क्षति भइसकेको छ।  विश्वभरबाट रूसको आलोचना भएको छ।  मारिओपोका मेयर भादिम बोयचेन्कोले रूसी सेनाद्वारा सहर नै बन्धक बनाइएकाले मानवीय सहायताको आवश्यकता रहेको बताएका छन्।

    पुनः बमबारी सुरु भएकाले नागरिक झनै त्रसित बनेको उनको भनाइ छ।  युद्धविराम भनेकै समयमा बमबारी गर्दा सडकमा रहेका नागरिक रुँदै गरेका र कारमा जाँदै गएको समयमा अगाडि बमबारी भएको भिडियो र तस्बिर सार्वजनिक भएका छन्।

    शनिबार पनि निरन्तर बमबारी भएपछि सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगन गरिएको छ।  स्थानीय अधिकारीले रूसी पक्षले अस्थायी युद्धविरामलाई लागू नगरेको बताएका छन्।  उनीहरूले नागरिकहरू फरक–फरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने जनाएका छन्।  उक्त सहरका उपप्रमुखले मारिओपोमा बमबारी भइरहेको र निकासमार्ग सकिने स्थानमा लडाइँ भइरहेको बताएका छन्।

    त्यसअघि उक्त सहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको बताएका थिए।  यसअघि दुई देशले मानवीय सहायता द्वारमा अस्थायी युद्धविराम गर्ने सहमति गरेका थिए। बिबिसी

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend