९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
श्रमिक अब छुट्टै लाइन बस्नु नपर्ने

त्रिभुवन विमानस्थलको श्रम डेस्क हट्यो


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • त्रिभुवन विमानस्थलको श्रम डेस्क हट्यो

    काठमाडौं, २६ फागुन – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहीछाप लगाउने नाममा लाइनमा उभ्याउने श्रम डेस्क हटाएको छ । श्रमिकलाई अनावश्यक दुःख दिएको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम डेस्क हटाएको हो । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ बुधबार विमानस्थलमा गएर श्रम डेस्क हटाएका छन् ।

    अनलाइन सूचना प्रणाली आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको उनले बताए । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्दै आएको थियो ।

    वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गएर डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाउने नियम थियो । अब श्रमिकले श्रम डेस्क नगई जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन् । श्रमिकको प्रस्थानलाई छिटो–छरितो बनाउन तीनवटै द्वारबाट प्रवेश दिइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

    विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्ने भएको छ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ । मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण जाँच गर्ने प्रक्रिया पनि हटाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend