२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

माओवादीका जिल्ला नेता कँडेल सहित १ सय ८० जना एमालेमा प्रवेश


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • माओवादीका जिल्ला नेता कँडेल सहित १ सय ८० जना एमालेमा प्रवेश

    बागलुङ, २६ फागुन – नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बागलुङका सचिवालय सदस्य नविन कँडेल सहित काठेखोला गाउँपालिका वडा नं. ५ र ६ का १ सय ८० जना माओवादी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ५ र ६ ले बुधवार बिहँुकोटमा आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी छोडेर एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई एमालेका पोलिटव्यूरो सदस्यले पार्टी प्रवेश गराए ।

    काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य जमुनादेवी कँडेल, माओवादी केन्द्र समर्थित शिक्षक संगठनका जिल्ला सदस्य चिरञ्जिवी कँडेल, वडा नं. ५ पार्टी कमिटिका अध्यक्ष उमाकान्त कंडेल (गोपाल), गाउँपालिका सदस्य डिल बहादुर विक, बल बहादुर विक लगायत दुइवटा वडाका १ सय ८० जना एमाले प्रवेश गरेको एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष डिलवहादुर कार्कीले कँडेलले जानकारी दिए ।

    माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका नविन कँडेल र चिरञ्जिवी कँडेलले छिन्न भिन्न अवस्था रहेका वामपन्थी शक्तिहरुको बीचको एकताका लागि आफुहरु एमाले प्रवेश गरेको बताए । उनीहरुले बामपन्थी शक्तिहरुमा नेकपा एमाले नै मुलुक परिवर्तनका सम्वाहक हो भन्ने ठहरका साथ आफुहरु एमालेमा आवद्ध भएको भन्दै बामपन्थी ध्रुविकरणमा लाग्न आम बामपन्थी नेता कार्यकर्ताहरुलाई अपिल गरे ।

    कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा तथा खेलकूद विभाग प्रमुख लिला बहादुर थापा मगर, पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेश सहन्चार्ज मनकुमारी केसी जिसी, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले समृद्ध नेपाल निर्माणको सम्वाहक एमालेमा आवद्ध भएर मुलुक परिवर्तनमा योगदान गर्न सवैलाई आव्हान गरे ।

    कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष थानेश्वर कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष युक्तप्रसाद कँडेलले सञ्चालन र वडा नं. ५ का अध्यक्ष हिरालाल सापकोटाको स्वागत मन्तब्य राखेक थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend