९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मतगणना गर्न सजिलोका लागि हरियो रङ: निर्वाचन आयोग


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • मतगणना गर्न सजिलोका लागि हरियो रङ: निर्वाचन आयोग

    काठमाडौं, २६ फागुन – मतगणना गर्न सजिलो हुने भएकाले मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णयको विरोध गरेका थिए। नेपाली कांग्रेसको चुनाव चिह्न रुखसँग मिल्ने गरी हरियो रङ प्रयोग गर्ने निर्णय गरिएको ओलीको आरोप थियो।

    त्यसको जवाफ दिँदै आयोगले यसलाई नितान्त प्राविधिक विषय भएको जनाएको छ। बिहीबार आयोगले पत्रकार सम्मेलन गरी मतपत्रमा प्रयोग हुने रङको विषयमा प्रष्टिकरण दिएको हो।

    आयोगका सहयाक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “मत गणना गर्न सजिलो हुने भएकाले हरियो रङ प्रयोग गर्ने निर्णय गरेका हौं।”

    यसअघिका निर्वाचनमा देशभरबाट आएका सुझावका आधारमा यो निर्णय गरिएको उनको भनाइ थियो। “यो नितान्त प्राविधिक विषय हो,” अर्यालले भने, “मतदान गर्ने स्वस्तिकमा निलो मसी हुन्छ, त्यसैले मतपत्रमा हरियो रङ प्रयोग गरिहेको हो।”

    निर्वाचन आयोगले स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend