२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

रुसका सरकारी मिडिया च्यानलमाथि युट्युबको प्रतिबन्ध


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७८ , आइतबार

  • रुसका सरकारी मिडिया च्यानलमाथि युट्युबको प्रतिबन्ध

    काठमाडौं, २९ फागुन – रुसका सरकारी मिडिया च्यानलमाथि युट्युबले प्रतिबन्ध लगाएको छ । सबैलाई थाहा भएका तथा वास्तविक हिंसात्मक घटना तथा समाचारहरुलाई अस्विकार गर्ने, न्यूनीकरण गर्ने तथा तुच्छ बनाउने गतिविधिमा संलग्न रहेको भन्दै त्यस्ता गतिविधिलाई निषेध गर्ने आफ्नो नीति अनुसार रुसी सरकारको आर्थिक सहयोगमा चलेका मिडियाहरुका युट्युब च्यानललाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाइएको हो ।

    युट्युबका अनुसार युक्रेनमा भैरहेको रुसी आक्रमण कम्पनीको हिंसात्मक घटना नीति अन्तरगत पर्दछ र यस्तो नीति उल्लंघन गर्ने सामाग्रीहरुलाई हटाइनेछ । रुसी मिडियामाथिको प्रतिबन्ध सोही नीति अनुरुप भएको युट्युबका प्रवक्ता फर्शाद शादलुले बताएका छन् ।

    यसअघि युट्युबले रुसी सरकारी मिडियाहरु आरटी र स्पुतनिकलाई युरोपभर प्रतिबन्ध लगाएको थियो । रुसी मिडियामाथि एप स्टोर, अन्य सोसल मिडिया तथा अन्य विभिन्न सञ्चार वितरकहरुले पनि प्रतिबन्ध लगाएका छन् र यस्तो प्रतिबन्धलाई गैरन्यायिक भएको रुसी सञ्चारमाध्यमहरुको गुनासो छ ।

    रुसी मिडिया स्पुतनिकले भनेको छ– युट्युबले लगाएको बन्देज प्रजातान्त्रिक समाजको मुख्य सिद्धान्तको रुपमा रहको प्रेस स्वतन्त्रतामाथिको क्रूर आक्रमण हो ।

    कतिवटा र कुन–कुन रुसी च्यानलमाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको हो भन्ने बारेमा युट्युबले केही खुलाएको छैन । युट्युबको नीति अनुसार बारम्बार उसको नीति उल्लंघन गर्ने तथा गम्भीर खालको उल्लंघन गर्ने च्यानलहरुमाथि स्थायी प्रतिबन्ध पनि लाग्न सक्दछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend