९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

१०१ दशमलव ०७ अंकले बढ्यो नेप्से परिसूचक


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७८ , आइतबार

  • १०१ दशमलव ०७ अंकले बढ्यो नेप्से परिसूचक

    काठमाडौं, २९ फागुन – सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो ।

    नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ । कारोबार रकममा समेत अघिल्लो साताको भन्दा सुधार देखिएको छ । अघिल्लो साता औसतमा ३ अर्ब देखिएको कारोबार रकम आइतबार करिब ५ अर्ब पुगेको छ ।

    दिनभर भएका ६४ हजार २२८ कारोबारबाट २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ पुगेको छ । कारोबार भएका २२८ धितोपत्रहरुमध्ये २०९ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रकोमात्रै मूल्य घटेको छ । बाँकी ८ धितोपत्रको कारोबार भए पनि मूल्य स्थिर देखिएको छ ।

    आइतबार तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम् १० प्रतिशत नै बढेर बन्द भएको छ । जसमा पहिलो नम्बरमा एशियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५ दशमलव ५० रुपैयाँमा पुगेको छ । दोस्रोमा ज्योतिको ५६ रुपैयाँले बढेर ६२१ दशमलव ५० रुपैयाँमा र सानिमा लाइफ इन्स्यारेन्सको ५१ रुपैयाँले बढेर ५६६ दशमलव ५० रुपैयाँमा पुगेको छ । धेरै घट्ने धितोपत्रहरुमा भने मेगा म्युचुअल फण्ड, प्राइम कमर्सीयल बैंकको डिबेञ्चर, कुमारी इक्वीटी फण्ड लगायत देखिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend