काठमाडौं, १ चैत – सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ। निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गर्ने सरकारको तयारी छ।
म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन्। छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।
म्यादी प्रहरीले प्रतिदिन ७५६ रुपैयाँका दरले तलव पाउँछन्। ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोशाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने छ।