काठमाडौं, २ फागुन – रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। रुसको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
रुसी विदेश मन्त्रालयले यो प्रतिबन्ध अन्य मानिसहरु पनि प्रभावित हुने बताएको छ। रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेसँगै पश्चिमा मुलुकले रुसलाई प्रतिबन्ध लगाएका छन्।