९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय


जनमञ्च संवाददाता
  • ३ चैत्र २०७८ , बिहिबार

  • जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय

    पोखरा, ३ चैत – सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको हो ।

    कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकोले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । अब विद्यालयहरूले आगामी चैत मसान्तसम्म पठनपाठन गरी वैशाखमा परीक्षा र नतिजा प्रकाशन गर्नुपर्नेछ ।

    स्थानीय तह चुनावका कारण विद्यालयहरू बन्द गर्नेपर्ने तथा कतिपय शिक्षकहरू चुनावमा खटिनुपर्ने भएकाले चुनावमा खटिने समयअघि नै नयाँ शैक्षिक सत्रअघि सम्पन्न गर्नुपर्ने सबै तयारी पूरा गर्ने पनि शिक्षा मन्त्रालयले जनाएको छ ।

    यसैबीच, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि नयाँ भर्ना अभियान वैशाखमै थाल्न आग्रह गरेको छ । कतिपय विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेपछि केन्द्रले विद्यालयहरूलाई चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरेको हो ।

    चैतमा परीक्षा सञ्चालन गर्दा बालबालिकाको पढाइ प्रभावित हुने भएकाले विद्यालय तहका परीक्षाका कार्यतालिकाहरु नराख्न र अन्य प्रतियोगितात्मक कार्यहरूको पनि वैशाखमा मात्र आयोजना गर्न केन्द्रले आग्रह गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend