२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

रुसले अमेरिकालाई दियो आफ्नो हैसियतमा राख्ने चेतावनी


जनमञ्च संवाददाता
  • ४ चैत्र २०७८ , शुक्रबार

  • रुसले अमेरिकालाई दियो आफ्नो हैसियतमा राख्ने चेतावनी

    काठमाडौं, ४ चैत – रुसले अमेरिकालाई आफ्नो हैसियतमा राख्न सक्ने क्षमता रहेको भन्दै चेतावनी दिएको छ। विश्वको शक्ति राष्ट्रको रुपमा रहेको अमेरिकाले घृणा फैलाउँदै रुसलाई टुक्र्याउन खोजेको रुसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का सहायक सेक्रेटरी दिमत्री मेडभेडेभले बताएका हुन्।

    अमेरिकाले रुसलाई घुँडा टेकाउन रुसविरुद्ध नकरात्मकता फैलाउने काम गरिरहेको मेडभेडेभको भनाइ छ। ‘यसले काम गर्नेवाला छैन, रुससँग हाम्रा सबै शत्रुलाई उनीहरुकै स्थानमा ल्याउन सक्ने क्षमता छ’, उनले भने।

    रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिका र उसका युरोपेली तथा एसियाली सहयोगी मुलुकले निरन्तर रुसमाथि प्रतिबन्धको घोषणा गरिरहेका छन्। यससँगै रुस विश्वको अधिकांश अर्थतन्त्रबाट बाहिरिएको छ।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने यो सैन्य आक्रमण नभई विशेष सैन्य कारबाही भएको उल्लेख गरेका छन्।

    अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसको सुरक्षा चासोलाई चुनौती दिन थालेकाले यो कदम उठाउनु जरुरी रहेको उनले बताउँदै आएका छन्।

    उनले युक्रेनमा रहेका रुसी भाषा बोल्नेमाथि पनि सरकारले नरसंहार गरेको आरोप लगाउँदै आएका छन्।

    युक्रेनले भने पुटिनको दाबीमा कुनै सत्यता नरहेको बताउँदै आएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend