९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


जनमञ्च संवाददाता
  • ४ चैत्र २०७८ , शुक्रबार

  • पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    तनहुँ, ४ चैत – जिल्ला अदालत, तनहुँले पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिका बलात्कारको आरोपमा अभिनेता शाह १५ फागुनदेखि तनहुँ प्रहरीको हिरासतमा छन् ।

    उनीविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो, जसका आधारमा जिल्ला अदालत नवलपुरमा बिहीबार मात्रमुद्दा दायर भएको छ । गत फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप भइसकेको छ ।

    तनुहँ जिल्ला अदालतले पछिल्लोपटक फागुन २२ गते शाहमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थपको अनुमति दिएको थियो ।

    यसबीचमा नवलपुरमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो । त्यसपछि तनहुँ प्रहरीले बाँकी अनुसन्धानको काम गर्न सकेको थिएन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend