९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

निर्मल पुर्जालाई गिनिज वर्ल्ड प्रमाणपत्र


जनमञ्च संवाददाता
  • ८ चैत्र २०७८ , मंगलबार

  • निर्मल पुर्जालाई गिनिज वर्ल्ड प्रमाणपत्र

    काठमाडौं, ८ चैत – आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो अर्थात् १८९ दिनमा आरोहण गरेका निर्मल (निम्स) पुर्जालाई गिनिज वर्ल्ड रेकर्डले प्रमाणपत्र प्रदान  गरेको छ।

    शीर्ष पाँच हिमाल सबैभन्दा छिटो ७० दिनमा चढेर रेकर्ड बनाएका उनलाई लन्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्यालयमा स्वागत गर्दै प्रमाणपत्र दिइएको हो।

    यद्यपि, उनले आफ्नो आरोहण प्रसिद्धिका लागि नभएको दाबी गरेका छन्। “यो परियोजना कहिल्यै नाम वा प्रसिद्धिको लागि थिएन,” निम्सले गिनिज वर्ल्ड रेकर्डलाई भनेका छन्, “मलाई लाग्छ, जब तपाईंको हृदय र आत्मा ठूलो उद्देश्यका लागि केन्द्रित हुन्छन् तब यस्ता कामहंरू हुन्छन्।”

    निम्सको नाममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो आरोहण, शीर्ष  पाँच हिमाल ७० दिनमा आरोहण, बोतलमा अक्सिजन लिएर आठ हजारमाथि सबैभन्दा छिटो आरोहण र आठ हजार मिटरको सबैभन्दा छिटो ट्रिपल हेडर पाँच दिन तीन घण्टा ३५ मिनेटमा आरोहण गरेको कीर्तिमान छ।

    यी किर्तिमानको विषयमा आधारित फोर्टिन् पिक्सः  नथिङ इम्पोसिबल नामक चलचित्र समेत बनेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend