२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन


जनमञ्च संवाददाता
  • ९ चैत्र २०७८ , बुधबार

  • पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

    पोखरा, ९ चैत – देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु पोखरामा भेला हुने भएका छन् । स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरुबारे अनुभव अदान प्रदान गर्ने उद्देश्यले पोखरामा जम्मा हुने भएका हुन् ।

    देशभरका उपप्रमुखहरुलाई एकैथलोमा जुटाउने काम पोखरा महानगर न्यायिक समितिले गर्दैछ । संविधानमै व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७५३ वटै स्थानीय तहमा कसरी न्याय सम्पादन गरिरहेका छन, यसका असल अभ्यास र चुनौतीहरुबारे एकै थलोमा जम्मा भएर छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजन गरिएको पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवि गुरुङले बताइन् ।

    उपप्रमुख गुरुङले चैत १४ गते पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिइन् । ‘स्थानीय तहरुमा न्यायिक समिति नयाँ पनि हो त्यसैले न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीहरुबारे अनुभव साँटासाँट गदै कमी-कमजोरीहरु सुधार गर्नुपर्ने विषयमा छलफल गरेर घोषणापत्र सार्वजनीक गर्ने छौँ’,उनले भनिन् ।

    सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न उपप्रमुख गुरुङको संयोजकत्वमा मुल समिति र विभिन्न ८ वटा उपसमितिहरु गठन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सम्मेलनका सदस्य सचिव बलराम रिज्यालले जानकारी दिए । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले देशभरका पालिका उपप्रमुखहरु पोखरा आउँदा यहाँको प्रवद्र्धन हुने आशा व्यक्त गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend