९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अब भागवण्डा चाहियो : डा‍. शेखर कोइराला


जनमञ्च संवाददाता
  • १० चैत्र २०७८ , बिहिबार

  • अब भागवण्डा चाहियो : डा‍. शेखर कोइराला

    काठमाडौं, १० चैत – नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी तरिकाले चलेको निष्कर्ष निकालेको छ । बुधबार बसेको शेखर समूहको बैठकले सभापतिले विना परामर्श गर्ने निर्णयको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।

    पार्टीमा परामर्श नगरी सभापति देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेकोप्रति बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ ।‘ १४ औं महाधिवेशनमा सभापतिलाई मत नदिनेहरुलाई पार्टीमा कुनै पनि स्थान नदिने नीति उहाँले अंगीकार गर्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सहमति नगरी एकलौटी ढंगले गरिने निर्णयको सशक्त प्रतिरोध गर्ने निष्कर्ष हो ।’

    आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको फरक समूहलाई पनि विश्वासमा लिनुपर्नेमा देउवा एक्लै हिँड्न खोजेको नेताहरुले भनाइ राखेका थिए । ‘संस्थापन इतरका नेता तथा कार्यकर्तालाई छानीछानी किनारा पार्ने काम भएको छ । यो विषयमा केन्द्रीय समितिको बैठकमा पनि सशक्त कुरा उठाउछौं’ बैठकमा सहभागी एक नेताले भने ।

    सभापति देउवाको एकल चाहनाले मात्रै चुनावी तालमेल नहुनेमा नेताहरुले जोड दिएका छन् । ‘आफ्नो पार्टी भित्र सहमति गर्न प्रयास नगर्ने तर अरु दलसँग तालमेल गर्न खोज्ने सभापतिको प्रयासले पार्टीलाई दुर्घटना तिर लैजान्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘सभापतिको एकल सोचले मात्रै तालमेल हुन सक्दैन । केन्द्रीय समितिले निर्णय गर्नुपर्दछ ।’
    पार्टीमा चार तहका संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था भएकाले उनीहरुलाई नै उम्मेवार छान्न दिनुपर्ने शेखर पक्षले जोड दिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend