९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अहिलेसम्मकै सफल बजेट ल्याउँछौं: अर्थमन्त्री शर्मा


जनमञ्च संवाददाता
  • १० चैत्र २०७८ , बिहिबार

  • अहिलेसम्मकै सफल बजेट ल्याउँछौं: अर्थमन्त्री शर्मा

    काठमाडौं, १० चैत – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणका लागि उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर सुझाव लिएका छन् ।

    मन्त्रालयको आग्रहमा बिहिबार महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल अर्थ मन्त्रालय आएर मन्त्री शर्मासँग छलफल गरेका हुन् ।

    सो छलफलमा मन्त्री शर्माले निजी क्षेत्रलाई बिश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पुरा गर्ने दिशामा अघि बढिरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताए।

    ‘मैले बजेट निर्माण थाल्नुअघि प्रधानमन्त्रीसँग छलफल गरेको थिएँ । त्यसक्रममा प्रधानमन्त्रीको नेतृत्व लिएर बजेट बनाउने हो । यो सरकारलाई अहिलेसम्मकै सफल र जनताको नजरमा लोकप्रिय हुने हिसाबले बजेट बन्छ, कुनै चिन्ता लिनु पर्दैन भनेको छु । वहाँले पनि ठीक छ, तपाईं अघि बढ्नुस् भनेपछि बजेट निर्माण प्रकृया शुरु गरिएको हो’ उनले भने ।

    बजेटमा व्यवसायीको मात्र नभई दुरदराजका सर्वसाधरणको पनि कुरा सुनिने उनले बताए । ‘अहिले तपाईंहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु । केही दिनमै कर्णालीदेखी झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं र यसपटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्बजनिक गर्छौं’ मन्त्री शर्माले भने ।

    शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणाले गर्दा अप्ठ्यारो परेको उनको भनाई थियो । साथै, व्यवसायीको समस्या अर्थ मन्त्रालयले हल गर्ने बताउँदै जुनसुकै समस्या लिएर आउन पनि अर्थमन्त्रीले उद्योगीलाई आग्रह गरे ।

    छलफलमा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालिन, मध्यकालिन् र दीर्घकालिन सुझाव पेश गरे । उनले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमता भन्दा बाहिरको बिषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend