८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

राष्ट्रिय हित र भूमिसँग जोडिएको विषयमा सरकारको मौनता खेदजनक : एमाले


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७८ , आइतबार

  • राष्ट्रिय हित र भूमिसँग जोडिएको विषयमा सरकारको मौनता खेदजनक : एमाले

    काठमाडौं, १३ चैत – नेकपा (एमाले) ले राष्ट्रिय हित र भूमिसँग जोडिएका विषयमा सरकारले मौनता साँधेको भन्दै खेद व्यक्त गरेको छ। आइतबार बसेको स्थायी समिति बैठकले आफ्नो भूमि र सीमाको सुरक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

    महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी भारतीय पक्षले संरचना निर्माणको काम अघि बढाउँदा पनि सरकार मौन रहेको भन्दै तत्काल भारतसँग वार्ता गरी सो संरचना निर्माणका काम रोक्न लगाई आफ्नो भूमि र सीमाको सुरक्षा गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

    उनले भने, ‘महाकाली नदीको धार नै परिवर्तन गर्नेगरी दार्चुलामा भारतीय पक्षबाट एकतर्फी ढंगले गरिरहेको भौतिक संरचना निर्माणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको राष्ट्रिय हित र भूमिसँग जोडिएको यस्ता अति संवेदनशील विषयमा सरकारको मौनता खेदजनक छ। हामी, हाम्रो पार्टी यस विषयमा तत्काल भारतसँग वार्ता गर्न र एकतर्फी संरचना निर्माण गर्ने काम रोक्न र सीमा रक्षाका लागि गम्भीर बन्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दछ।’

    बैठकले आम उपभोक्ताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सरकार पूर्णत असफल भएको आरोप समेत लगाएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख सुब्बाले बैठकले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्र र प्रतिवद्धता पत्र निर्माणका लागि आवश्यक सुझाव दिन पनि सार्वजनिक अपिल गर्ने निर्णय गरेको बताए।

    एमालेले आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर सो निर्वाचनका लागि चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्र एकसाथ सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend