२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
महिलाभन्दा पुरुष मतदाता धेरै

स्थानीय चुनावमा एक करोड ७७ लाख मतदाता


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७८ , आइतबार

  • स्थानीय चुनावमा एक करोड ७७ लाख मतदाता

    काठमाडौं, १३ चैत – आगामी स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने भएका छन्।

    निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुङ्ग्याएको हो। आयोगका अनुसार, महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन्।

    आयोगले टुङ्ग्याएको अन्तिम मतदाता नामावली अनुसार, पुरुष ८९ लाख ९२ हजार १० रहेका छन्। त्यस्तै, महिला ८७ लाख ४१ हजार ५३० जना रहेका छन्।

    निर्वाचन आयोगको बैठकले मतदान केन्द्र र मतदानस्थलको पनि टुङ्गो लगाएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। उनका अनुसार, स्थानीय चुनावका लागि १० हजार ७५६ मतदानस्थल रहनेछन्।

    त्यस्तै, २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्। एउटै मतदानस्थलमा पनि धेरै मतदान केन्द्र रहने अर्यालले जानकारी दिए।

    आयोगले प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत यसअघि नै तोकिसकेको छ। उनीहरूको नामावली पनि आइतबार सार्वजनिक गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend