९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एकीकृत समाजवादीले तोक्यो प्रदेश चुनावी कमान्डर


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७८ , बुधबार

  • एकीकृत समाजवादीले तोक्यो प्रदेश चुनावी कमान्डर

    काठमाडौं, १६ चैत – नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचन अभियान हाँक्न सात प्रदेशमा कमान्डर तोकेको छ। पार्टीको पदाधिकारी रहेका ती नेताहरुलाई प्रशिक्षण दिने, चुनावी रणनीति र योजना बनाउनेदेखि निर्वाचनमा भइरहेका गतिविधि अनुगमन गर्ने जिम्मा दिइएको छ।

    वैशाख ३० गते हुने निर्वाचनमा उपाध्यक्ष प्रमेश हमाललाई प्रदेश १, उपाध्यक्ष जयन्ती राईलाई गण्डकी, महासचिव बेदुराम भुसाललाई कर्णाली र सुदूुरपश्चिम, उपमहासचिव जगन्नाथ खतिवडालाई मधेश प्रदेश, उपमहासचिव विजय पौडेललाई लुम्बिनी प्रदेश र सचिव गंगालाल तुलाधरलाई बागमती प्रदेशको जिम्मा दिइएको छ।

    यी कमान्डरहरुले सातै प्रदेशमा पुगेर पहिलो चरणको चुनावको गतिविधि बुझ्ने, प्रशिक्षण र भेला गर्ने काम सम्पन्न गरिसकेका छन्। केही प्रदेशमा फेरि जाने कार्यक्रम बनाइएको महासचिव भुसालले जानकारी दिए।

    ‘हाम्रो पार्टीले १५ दिनको निर्वाचन तयारी सकेको छ,’ भुसालले नेपालखबरसँग भने, ‘यो बीचमा जनपरिचालनका काम भएका छन्, जिल्ला निर्वाचन, क्षेत्र पालिकामा पुगेर वस्तुस्थितिको अध्ययन र विश्लेषण गरिएको छ।’

    ‘हाम्रो पार्टीको अहिलेको चुनावी अभियान यही २५ गतेसम्म रहन्छ, त्यसपछि हामी देशभरको रिपोर्ट लिन्छौँ र चुनावी अवस्थाको समीक्षा गछौँ,’ भुसालले थपे।

    उम्मेदवार छनोट, चुनावका लागि आर्थिक संकलन, प्रचारप्रसार काम पनि यिनै कमान्डरले दिएको रिपोर्टका आधारमा हुनेछ। चुनावी भेलाहरुलाई पनि यिनै नेताहरुले सम्बोधन गर्नेछन्। ६ महानगर र ११ उपमहानगरपालिकामा भने ठूला कार्यक्रम राख्ने तयारी छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend