काठमाडौं, १७ चैत – स्थानीय तहको निर्वाचनमा आपसी तालमेल कसरी गर्ने भन्ने विषयमा अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका दलबीच बैठक भइरहेको छ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको बैठक जारी रहेको जानकारी दिएका हुन्।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलका अनुसार आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले चुनावी तालमेलका लागि एउटा संयन्त्र बनाउने छ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।