९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मणिपाल कलेज अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन जारी


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • मणिपाल कलेज अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन जारी

    पोखरा, २२ मंसिर – विद्यार्थीबाट असुल गरेको अधिक शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेशले बुधवार पनि मणिपाल मेडिकल साइन्स अगाडि बिरोध प्रर्दशन गरेको छ ।
    मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीबाट अधिक रुपमा शुल्क असुल गरेपछी सुरु भएको आन्दोलन जारी रहेको अनेरास्ववियुका गण्डकी अध्यक्ष प्रकाश पौडेलले वताए ।
    अनेरास्ववियुले मंसिर २० गतेदेखि मणिपाल कलेजमा अनिश्चितकालको लागि तालाबन्दी गरेको छ । बिरोध कार्यक्रममा अनेरास्ववियुले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्किन आह्वान गरेको छ ।
    अध्ययन गर्न आएका विद्यार्थीहरुलाई बाहिर नबोल्न कलेजबाट धम्की दिइरहेकोप्रतिी प्रदेश अध्यक्ष पौडेलले मणिपाल प्रशासनलाई चेतावनी दिएका छन ।
    उनले बिरोधमा उत्रिएका विद्यार्थीले मणिपालका विद्यार्थीको साथमा आफुहरु भएकोले लुटतन्त्र विरुद्धमा उभिन आह्वान गरेका छन ।
    कार्यक्रममा नेकपा एमाले पोखरा महानगर १६ का अध्यक्ष राजेश गुरुङले एक्यवद्धता जनाउदै आफ्नो वडामा रहेको मणिपालले विद्यार्थीलाई ज्यादती गरेकोले त्यसको विरुद्धमा सम्पुर्ण समुदाय रहेको बताए ।
    कार्यक्रममा गण्डकी संयोजक प्रेम जोसी, सह संयोजक तथा अनेरास्ववियु केन्द्रिय सदस्य अनित सिन्हाले आफूहरुले गण्डकी मेडिकल कलेजमा लामो समय गरेको आन्दोलनले नै त्यहाको समस्या समाधान भएकोले विद्यार्थीलाई बाहिर निस्किन आह्वान गरेका थिए ।
    आन्दोलनको कार्यक्रम विभिन्न स्वरुपमा अगाडि जाने अनेरास्ववियु गण्डकी प्रदेश सचिब आरके पोख्रेलले जानकारी दिए । अनेरास्ववियुले संयुक्त विद्यार्थी सङठनको तर्फबाट मणिपालमा भएको लुटबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend