९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
सत्ता गठबन्धनको बैठक

तालमेल गर्दा ‘स्थानीय सहमति’ लाई जोड दिने


जनमञ्च संवाददाता
  • २७ चैत्र २०७८ , आइतबार

  • तालमेल गर्दा ‘स्थानीय सहमति’ लाई जोड दिने

    काठमाडौं, २७ चैत – सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेल गर्दा स्थानीय सहमतिलाई जोड दिने निष्कर्ष निकालेको छ । आइतबार बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको समितिले चुनावी तालमेल गर्दा स्थानीय तहमा पाँच दलबीच हुने सहमतिलाई प्राथमिकता दिने निचोड निकालेको हो ।

    गठबन्धनले सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहसम्म चुनावी तयारीका लागि संयन्त्र गठन गरेको थियो । ती संयन्त्रमार्फत् सातै प्रदेशबाट प्राप्त सुझावहरूमाथि केन्द्रीय संयन्त्रले आइतबार छलफल गरेर विभिन्न निष्कर्षहरू निकालेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।

    ‘हामीले तलबाट प्राप्त भएका विभिन्न सुझावहरूमाथि छलफल गर्‍यौँ, त्यसपछि हाम्रा पनि केही निष्कर्षहरू छन्,’ उनले भने, ‘अब हामी ती निष्कर्षहरू सत्ता गठबन्धनको बैठकमा पेश गछौँ । त्यसपछि गठबन्धनले एउटा निष्कर्ष निकाल्छ ।’

    सबै तहबाट गठबन्धनको अवस्थाबारे रिपोर्ट नआएपछि बैठकले प्रदेश र जिल्ला तहलाई ०७८ चैत्र मसान्तभित्र पाँच दलीय बैठक राखी आवश्यक सहमति कायम गरी केन्द्रमा पठाउन निर्देशन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दे सहकार्य अघि बढाउने बैठकको निष्कर्ष रहेको नेताहरुको भनाइ छ ।

    नेता गुरुङले पाँच दलीय संयन्त्रको स्थानीय तहमा गर्ने सहमतिलाई नै प्राथमिकतामा राखेर चुनावी तालमेल गरिने बताए । ‘अहिले सबै ठाउँबाट कहाँ कसले नेतृत्व लिने, चुनावी तालमेल गर्ने कि नगर्ने ? भन्ने रिपोर्ट आइसकेको छैन । त्यसकालागि अझै केही दिनको समय थप गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘कुन स्थानीय तहमा कसले नेतृत्व गर्ने, कस्तो व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने सहमति तल्लो तहबाटै बनेर आओस् भन्ने चाहना हो ।’

    नेताहरूका अनुसार सोमबार विहान सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा चुनाव परिचालन समितिले गरेको छलफलको निष्कर्ष र सुझावहरूमाथि छलफल हुनेछ ।

    त्यसपछि सोमबारै पाँच दलको संयुक्त अपिल जारी गर्ने तयारी छ । नेता गुरुङले सोमबारै त्यो अपिल जारी हुन सक्ने बताए । ‘हामी संयुक्त अपिल जारी गर्ने तयारीमा पनि छौँ । सम्भवतः भोलि नै त्यो जारी हुन्छ,’ उनले भने ।

    आइतबारको बैठकले गठबन्धनको शीर्ष नेतृत्वबाट स्थानीय निर्वाचन लगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गर्न सुझाव दिने निर्णय गरेको छ ।

    सत्ता गठबन्धनले यसअघि नै स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा संलग्न पाँच दलबीच तालमेल गरेर प्रतिस्पधा गर्ने सैद्धान्तिक निर्णय गरिसकेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend