पोखरा, २९ चैत – पोखरा महानगरपालिकाको प्रमुख पदका लागि नेकपा (एमाले) मा १२ जनाले पार्टीभित्र आकांक्षा देखाएका छन् । पोखरा महानगर कमिटीको मंगलबारको बैठकमा १२ जनाले प्रमुख पदका लागि आफ्नो आकांक्षा राखेको एमालेले जनाएको छ ।
पार्टीभित्र आकांक्षा राख्नेहरुमा पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, प्रदेश सदस्य पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, प्रदेश सांसद कृष्णबहादुर थापा, राजीव पहारीले आफ्नो उम्मेदवारी दिएका हुन् ।
महानगर उपप्रमुखमा पनि ११ जनाले आकांक्षा देखाएका छन् । पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पँगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका प्रहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका हुन् ।