१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

सत्तागठबन्धनका यस्ता छन् चुनावी तालमेलका आधारहरु


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७८ , बुधबार

  • सत्तागठबन्धनका यस्ता छन् चुनावी तालमेलका आधारहरु

    काठमाडौं, ३० चैत – सत्ता गठबन्धनले उमेदवार सिफारिस गर्न स्थानीय तहमा चुनावी तालमेलका लागि मापदण्ड बनाएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले उमेदवार सिफारिस गर्न लिखित मापदण्ड बनाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन् ।

    यी हुन् आधारहरू :

    १. महानगर र उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

    २. नगरपालिका र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

    ३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

    ४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई दुई पतिनिधि रहने ।

    ५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन सम्बन्धित पार्टीले आआफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न पाउने ।

    ६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

    गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू :

    १. ०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी)मा कायम रहेका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।

    २. ०७४ मा गठबन्धनमा आबद्ध दलका उमेदवारले पालिका र वडामा प्राप्त मतको मतभारलाई मान्ने ।

    ३. ०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।

    ४. ०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उमेदवारले पाएको मतभारलाई पनि आधार बनाउने ।

    ५. वर्तमान अवस्थामा रहेको संगठनको अवस्था र जनसमर्थनलाई पनि आधार मान्ने ।

    ६. गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्न पाउने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend