९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
सवै उम्मेदवार सूर्य चिह्नबाट चुनाव लड्ने

एमाले,राप्रपा नेपाल र परिवार दलविच चुनावी तालमेल


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७८ , बुधबार

  • एमाले,राप्रपा नेपाल र परिवार दलविच चुनावी तालमेल

    काठमाडौं, ३० चैत – नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल सहमति भएको छ।

    बुधबार काठमाडौंमा दुई दलका नेताहरुबीच तालमेल सहमति भएको हो। यो सहमतिसँगै अब राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गर्ने भएको छ।

    दुई दलबीच स्थानीय तह निर्वाचनमा  तालमेल गरेर जान ५ बुँदे सहमति भएको हो। सहमति अनुसार देशभरका तालमेल सम्भव भएका पालिकाहरुमा दुई दलले मिलेर उम्मेदवार उठाउने भएका छन्।

    सहमति अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ।

    नेकपा (एमाले) ले नउठाउने स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारलाई सघाउने सहमति पनि दुई पक्षबीच भएको छ।

    तालमेलका लागि अब एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने भएका छन्। दुवै दलका कमिटीहरुले सहकार्यका लागि प्रस्ताव तयार गरेर आ-आफ्नो पार्टी केन्द्रमा पठाउने सहमति पनि गरिएको छ।

    केन्द्रीय तहको अनुमतिपछि तालमेल सहमति कार्यान्वयन गर्न पनि दुई दल तयार भएका छन्।

    सहमतिअनुसार अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उमेद्वारहरु सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

    उनीहरु निर्वाचित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने भएका छन्। दुई दलबीचका हस्ताक्षरकर्ताले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने भएका छन्।

    यो सहमतिमा एमालेको स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका महामन्त्री सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपस्थित थिए।
    यस्तो छ सहमती :

    एमाले र नेपाल परिवार दलबीच चुनावी गठबन्धन

    त्यस्तै, नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।

    नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

    अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।

    हेर्नुहोस् सहमतिपत्र :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend