१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

कुश्मा नगरपालिका: एमालेबाट प्रमुखमा ६ र उपप्रमुखमा ५ जना सिफारिस


जनमञ्च संवाददाता
  • ३ बैशाख २०७९ , शनिबार

  • कुश्मा नगरपालिका: एमालेबाट प्रमुखमा ६ र उपप्रमुखमा ५ जना सिफारिस

    पर्वत, ३ बैशाख – नेकपा एमाले कुश्मा नगर कमिटीले नगर प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउन सिफारिस गरिने नामावलीको टुङ्गो लगाएको छ ।

    स्थानीय तहको मिति नजिकिँदै सम्भावित उम्मेदवारहरूको नाम ‘सर्ट लिस्ट’ गरेर सिफारिस गराउने काम चलिरहेको छ भने उम्मेदवारका आकांक्षीहरुको सङ्ख्या पनि धेरै रहेको छ । आकांक्षीहरु धेरै हुँदा एमाले र गठबन्धन दुवै पक्ष सिफारिस सङ्कटमा परेका छन् ।

    आकांक्षीहरुको सङ्ख्या धेरै भएका कारण निरन्तरको छलफल र सहमति अनुसार एमाले कुश्मा नगर कमिटीले नगरप्रमुख पदमा पाँच जना र उपप्रमुख पदका लागि छ जनाको नामलाई अन्तिम रूप दिएको हो ।

    एमाले कुश्मा नगर कमिटीका सचिव गणेश पौडेलका अनुसार नगर कमिटीको शुक्रवारको बैठकले नगरप्रमुखका लागि लागि नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता गणेश शर्मा पौडेल, प्रदेश कमिटी सदस्य शान्त पौडेल, जिल्ला सचिव गोविन्द पहाडी, उपसचिव शिवप्रसाद पौडेल, जिल्ला सदस्य केदारनाथ शर्मा र कुश्मा नगर कमिटीका अध्यक्ष मीनप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

    यस्तै, उपप्रमुख पदमा कमला पन्त, सरस्वती भण्डारी, गङ्गा रिमाल, स्वस्थानी रिजाल र अम्बिका शर्माको नामलाई अन्तिम रूप दिइएको छ । उम्मेदवारीका लागि आकांक्षा राख्ने धेरै भएपछि सिफारिसका लागि तयार पारिएको नामावली जिल्ला कमिटीको बैठकमा पेश गरी प्रदेशमा सिफारिस गरिने भएको छ ।

    १४ ओटा वडाहरू रहेको कुश्मा नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख तथा पाँच ओटा वडामा नेपाली काँग्रेसले जितेको थियो । बाँकी रहेका नौ ओटा वडामा एमाले विजयी भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend