८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

जसपाका मेयर र माओवादी नेतासहित १८ वडाध्यक्ष एमालेमा


जनमञ्च संवाददाता
  • ३ बैशाख २०७९ , शनिबार

  • जसपाका मेयर र माओवादी नेतासहित १८ वडाध्यक्ष एमालेमा

    सर्लाही, ३ बैशाख – मधेसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रामक ढङ्गले पार्टी विस्तारलाई तीव्र बनाइरहेका बेला शनिवार सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् ।

    मलंगवामा आयोजित कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८जना वडाध्यक्ष एमालेमा प्रवेश गरेको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँले बताए ।

    सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास राय लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् ।

    एमालेमा दुई पटक सर्लाही जिल्ला प्रमुख भएका ढुंगाना माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा समावेश भएका थिए ।

    शनिवार एमालेमा फर्किँदै ढुंगानाले अब बाँकी जीवन एमालेको उत्थानमा लगाउने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend