८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेस प्रवक्ता महत भन्छन: हामीविच मित्रवत प्रतिस्पर्धा हुन सक्छ, तर एमालेसँग गठबन्धन हुँदैन


जनमञ्च संवाददाता
  • ४ बैशाख २०७९ , आइतबार

  • कांग्रेस प्रवक्ता महत भन्छन: हामीविच मित्रवत प्रतिस्पर्धा हुन सक्छ, तर एमालेसँग गठबन्धन हुँदैन

    काठमाडौं, ४ बैशाख – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन्। एमालेले चुनाव हार्ने, तर सत्तारुढ गठबन्धन दलहरूबीच भने आफैँले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ मैत्रीपूर्ण प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ।

    शनिबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा उनले सञ्चारकर्मीमाझ गठबन्धन दलले कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पारे। कुनै ठाउँमा गठबन्धन दलहरूबीचमै आ–आफ्नो दाबी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताए।

    ‘कुनै ठाउँमा समझदारी हुन सकेन, त्यहाँ सबैको आ-आफ्नो दाबी रह्यो, मेरै त्यहाँ ज्यादा शक्ति छ, मेरै जनाधार बढेको छ, हामीले नै जित्छौँ र अर्को विपक्ष दल एमालेले जित्दैन भन्ने त्यस्तो स्थिति आयो भने त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ। त्यस्तो ठाउँमा फ्रेन्ड्ली प्रतिस्पर्धा हुन पनि सक्छ, प्रवक्ता महतले भने, तर यहाँ हामी एकअर्कामा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौँ। अरू दलसँग गठबन्धन गर्ने छैनौँ। त्यही नै सहमति शीर्ष तहमा भएको छ।’

    प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयरबाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरूकै गठबन्धनले तय गर्ने पनि प्रस्ट पारे। त्यहाँ कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन पनि उनले स्थानीय गठबन्धन दलहरूलाई सचेत गराएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend