२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026
नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओबादी केन्द्र मुख्य प्रतिस्पर्धी रहेका पालिकाहरुमा तिनवटै दलको आआफ्नै दाबी छन् ।

बागलुङ गठबन्धनमा अंककै अड्को, एमालेले टुंग्यायो तीन पालिकाका उम्मेदवार


जनमञ्च संवाददाता
  • ५ बैशाख २०७९ , सोमबार

  • बागलुङ गठबन्धनमा अंककै अड्को, एमालेले टुंग्यायो तीन पालिकाका उम्मेदवार

    बागलुङ, ५ बैशाख – पाँच दलीय गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नेकपा एमालेबाट आकांक्षी धेरै देखिए  । एमालेले एक साताअघि थालेको उमेद्वार छनोटको प्रक्रिया अझै टुंगो लागेको छैन् । तर फराकिलो दायराबाट उमेद्वारका अकांक्षीहरुको संख्या साँघुरो दायरामा ल्याउने प्रयास एमालेले रोकेको छैन् ।

    सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाले स्थानीय तहको भागबिलो टुंगो लगाउनै सकस भैरहेका बेला एमालेले आफ्ना उमेद्वारको टुंगो लगाउने प्रक्रिया द्रुत बनाएको हो ।

    एमालेले जैमिनी, ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकामा सर्वसम्मत उमेद्वार चयन गरेको छ भने निसीखोला गाउँपालिका र गलकोट नगरपालिकामा दुई-दुई जना आकाँक्षीको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ । जैमिनीमा लिला राना प्रमुख र यमुना शर्मा उपप्रमुख, ताराखोलामा ऋषिराम रोका अध्यक्ष र थममाया पुन उपाध्यक्ष तथा ढोरपाटनमा देव कुमार नेपाली प्रमुखको उमेद्वार सर्वसम्मत भएका हुन् ।

    जैमिनीका राना बहालवाला उपप्रमुख र ढोरपाटनका नेपाली वहालवाला प्रमुख हुन् । निसीखोलामा भुमिराज घर्ती र रुद्र पौडेलको नाम अध्यक्षको उमेद्वारका लागि सिफारिस भएको छ । उपाध्यक्षका लागि रुपा पौडेल सर्वसम्मत चयन भएकी छन् । गलकोट नगरपालिकामा पूर्ण काउचा र कुल बहादुर केसी नगरप्रमुखको आकांक्षी हुन् । गलकोटको उप-प्रमुखमा आकांक्षीको संख्या धेरै भएकाले छलफल चलिरहेको छ ।

    सदरमुकाम रहेको बागलुङ नगरपालिकामा छ जना र काठेखोला गाउँपालिकामा चार जनाले आकांक्षा देखाएका छन् । गाउँ तथा नगर कमिटीबाटै सकेसम्म सर्वसम्मत र नसके बढीमा तीन जनाको नाम जिल्ला कमिटिमा सिफारिस गर्ने वातावरण बनाउन छलफल चलिरहेको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए ।

    बडिगाड गाउँपालिका, तमानखोला र बरेङ गाउँपालिकामा आकांक्षी धेरै रहेकाले छलफल रोकिएको छैन् । ‘एक दुई दिनमा हामी सबै टुंगोमा पु¥याउँछौं, सघन छलफल चलिरहेको छ, केन्द्रिय तहका नेताहर पालिकाहरुमा छलफलमा सहभागी हुनुहुन्छ’ केसीले भने ‘वडाका उमेद्वार टुंगो लाग्ने चरणमा छन्, पालिका टुंगो लगाएर चुनावी अभियान सुरु हुन्छ ।’

    गठबन्धनमा अंकनै नमिल्दा समस्या
    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपा सहभागि रहेको सत्ता गठबन्धनमा आईतबार रातीसम्म भागबिलोमा आउने अंकमा सहमति जुटेको छैन् । जिल्लाका दश स्थानीय तहमध्ये कसले कति पाउने भन्नेमै कुरा टुंगोमा नपुगेकाले कसले कुन स्थानीय तहमा उमेद्वार बन्न पाउने भन्ने टुंगोमा नपुगेको बैठकमा सहभागि एक नेताले बताए ।

    गठबन्धन केन्द्रले बनाएको मापदण्ड र पालिकामा पाटीहरुको अबस्था फरक रहेका कारण उमेद्वारको टुंगो लगाउन हम्मे–हम्मे परेको हो । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओबादी केन्द्र मुख्य प्रतिस्पर्धी रहेका पालिकाहरुमा तिनवटै दलको आ–आफ्नै दाबी छन् ।
    अघिल्लो स्थानीय तहको निर्वाचन जितेको नेपाली कांग्रेसले जिल्लाको जैमिनी नगरपालिका कुनैपनि हालतमा नछोड्ने अडानमा छ ।

    प्राबिधिक कारणले अघिल्लो निर्वाचन हारेको बताउने राजमो यस पटक जैमिनीमा विजयउत्सव मनाउने तयारीमा छ । जैमिनी नगरपालिकामा कांग्रेस र राजमो मुख्य प्रतिस्पधी भएकाले दुवैको दावी हुँदा गठबन्धनमा छलफल अधि बढेको छैन् । अंक टुंगो लगाउँदानै राजमोले अहिले जितेका बढाउने र कांग्रेसले जितेको पालिका फुस्किने त्रास कायम रहँदा समस्या भएको ती नेताले बताए ।

    अघिल्लो निर्वाचन कांग्रेसले जितेको गलकोटमा माओबादी केन्द्र र कांग्रेसको रस्साकसी चलेको छ । दुवै पार्टीले गलकोट आफ्नै पोल्टामा पार्ने दाउमा छन् । ‘गठबन्धनको बैठक बसिरहेको छ, केन्द्रले बनाएको मापदण्डको बुँदा नं. १ एकिकृत समाजबादीले समात्ने र बुँदा नं. २ कांग्रेसले समातेर बस्दा निश्कर्ष आईहेको छैन्’ बैठकमा सहभागि एक नेताले भने ‘यस्तै अबस्था रहे केन्द्रले हस्तक्षेप गर्छ, कि गठबन्धन टुंगोमा पुग्दैन् ।’

    ढोरपाटन नगरपालिकामा कांग्रेस, माओबादी र राजमो तिनवटै दलको आ–आफ्नै दाबी छ । यसअभिघ कांग्रेसले जितेका दुई पालिकामा दोस्रो भएका दलको दाबी र एमालेले जितेका पालिकाम एकीकृत समाजबादीले स्वभाविक दाबी भन्ने गरेका कारण गबन्धन निश्कर्षमा पुग्न नसकेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले चार, एमालेले चार, राजमोले एक र माओबादी केन्द्रले एक स्थानीय तह जितेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend