९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
नेकपा एमाले सचिवालय बैठक

एमालेको घोषणा पत्र तयार, वैशाख ९ मा सार्वजानिक गर्ने


जनमञ्च संवाददाता
  • ६ बैशाख २०७९ , मंगलबार

  • एमालेको घोषणा पत्र तयार, वैशाख ९ मा सार्वजानिक गर्ने

    काठमाडौं, ६ बैशाख – नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तह निर्वाचनको घोषणा पत्र अनुमोदन गरेको छ। सोमबार बसेको बैठकमा मस्यौदा समितिले तयार पारेको ‘घोषणा पत्र’ प्रस्तुत गरिएको थियो। उक्त घोषणा पत्र अनुमोदन भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।

    उनका अनुसा पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गरिनेछ। उनका अनुसार सोही दिन प्रत्येक पालिकामा पनि घोषणा पत्र सार्वजनिक हुनेछन्।

    त्यस्तै विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको नाम सिफारिस भएकाले उनीहरुको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय भएको उनले बताए।

    त्यस्तै थप १२ वटा विभाग बनाउने निर्णय भएको छ। पार्टीको सल्लाहकार परिषदमा १०५ जना थपेर २७८ पुर्‍याउने निर्णयसमेत भएको उनले बताए। उनका अनुसार सम्पर्क समन्वय समितिमा ५१ जना रहनेगरी अनुमोदन भएको र पार्टी स्थापनाको दिन पार्टी कार्यालय च्यासलस्थित तुलसी दास प्रतिष्ठानमा सर्ने बताए।

    त्यस्तै स्थापना दिवसकै अवसरमा १७ जना कम्युनिस्ट अगुवाहरुलाई सम्मान गर्ने निर्णय भएको उनले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend