९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्थिरताका लागि के गर्न सकिन्छ ?


ध्रुव श्रेष्ठ
  • ६ बैशाख २०७९ , मंगलबार

  • स्थिरताका लागि के गर्न सकिन्छ ?

    शंकाको सुबिधा छ । प्रचण्ड र शेबदेविच भएको गोप्य संझौता हुन सक्छ यो । शेबदेले आरजु र प्रचण्डले रेणुमार्फत आफ्नो विरासत हस्तान्तरणको मेलो हो । नत्रभने यो गठबन्धनको औचित्य के छ ?

    देश लामो समयदेखी अस्थिरताको बन्दी बनेको छ । २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएपछि देश थप दुरुह बनेको छ । दुर्भिक्षको गहिरो खाडल पुर्न लामो समय लाग्नेछ । वि.सं. २०४७-०४८ मा नेपालको कुल वैदेशिक व्यापार रु. ४५६४.६५ करोड रहेको थियो भने निर्यात रु. १३७०.६५ करोड र आयात ३१९४ करोड रहेको थियो । त्यतिबेलाको कुल व्यापार घाटा रु. १८२३.३५ करोड रहेको थियो । वि.सं. २०७८-०७९ मा आइपुग्दा नेपालको वैदेशिक व्यापार रु. १५००० करोड रहेको छ भने निर्यात र आयात क्रमशः १००० करोड र १४००० करोड रहेको छ । अहिलेको कुल व्यापार घाटा रु. १३००० करोड रहेको छ । यो विचमा निर्यात बढ्लाभन्दा झन् घटेको छ ।

    निर्यात घट्ने र आयात बढ्ने कसरी भयो ?
    २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध शुरु भयो । जनयुद्धको थालनीपछि सक्रिय जनसंख्याको ठूलो हिस्सा विदेशिन बाध्य भयो, यसको सिधा असर उत्पादनमा पर्यो । गाउँघरमा बुढाबुढी र केटाकेटी मात्र रहे । यसरी सक्रिय जनसंख्याको ठूलो हिस्सा उत्पादनसँग अलग्गिन पुग्यो । उत्पादन नै नभएपछि कसरी निर्यात गर्ने ? यसरी नेपाली अर्थतन्त्रमा आयातको चर्को भार पर्न गयो । जनयुद्धको थालनी भएपछि युवाहरुको विदेश पलायनको तथ्यांक विदेशबाट प्राप्त हुने विप्रेषणको तथ्यांकले प्रष्ट पार्दछ । वि.सं. २०४७÷०४८ मा नेपालले विप्रेषणबाट प्राप्त गर्ने रकम रु. ५५ अर्ब थियो । यो रकम वि.सं. २०७७÷०७८ मा बढेर रु. ८७५ अर्ब पुगेको छ ।

    स्थिरता रोज्ने कि अस्थिरता सोच्ने समय यहि हो
    नेकपा माओवादी अहिले वैचारिक विचलनको तिव्र चोटले छट्पटाई रहेको छ । युद्व सकेको १५ वर्षपछि पनि अझै युद्धको धम्कि दिदैछ । साझेदारीमा ठुलो भाग नपाउँदा नेकपा एमालेसँग मिल्नसक्छु भन्दै तर्साउन पनि पछि पर्दैन । आफुले भनेको कुरा नहुँदा कसैलाई सडकमा पुराउन पनि सक्छु भन्दै ध्वाँस लगाउँछ । अन्ततः यो गठबन्धनले जनता र देशलाई दिने भनेको अन्तहिन अस्थिरता नै हो । स्थिरता रोज्ने कि अस्थिरता सोच्ने समय यहि हो ।

    भाडमा जाए जनता
    भरतपुरका शेखर पक्षिय दिनेश कोइराला गठबन्धनविरुद्ध छन् किन ? शेखर पक्षले किन गठबन्धन नहोस् भन्ने चाहन्छ ? विचार नमिलेर पक्कै होइन किनकि त्यो समुहका गगन थापा त प्रचन्ड क्याबिनेटका खुब मिल्ने नेता हुन । जितिन्छ एक्लै पुरै भनेर नि हैन किनकि चितवनका कोइराला र मोरङका कोइराला दुबै गत चुनाबमा हारेका हुन । बरु चिन्ता के हो भने काङ्रेसले आउने चुनाबहरु जित्दै संघिय चुनाब पनि जित्यो भने बर्बाद हुने हो कि भन्नेमा हो । किनकि देउवाले त्यो आर्जन सजिलै अरुलाई दिने छैनन बरु आरजुहुँदै जयबिर सिंह देउवातर्फ सार्ने छन् । यसले अहिलेका काँग्रेसि नेता र कथित लोकतन्त्रको नै बाँटवारा हुने हो ! त्यसैले यो गठबन्धन लोकतन्त्रका लागि घातक हो । काँग्रेसको शेखरलाई पेलेरै जाने र आरजुका लागि मैदान खुला गराउने नीति अनि प्रचण्डको छोरीलाई आफ्नो उत्तराधिकारी बनाउने नीति । शेवदे र प्रचण्ड दुबैको बलियो गठबन्धन । भाडमा जाए जनता ।

    शंकाको सुबिधा छ अस्थिरतातिर धकेल्ने । स्थिरताका लागि के गर्ने ?
    शंकाको सुबिधा छ । प्रचण्ड र शेबदेविच भएको गोप्य संझौता हुन सक्छ यो । शेबदेले आरजु र प्रचण्डले रेणुमार्फत आफ्नो विरासत हस्तान्तरणको मेलो हो । नत्रभने यो गठबन्धनको औचित्य के छ ? यो गठबन्धनले अन्ततः मुलुकलाई अनन्त अस्थिरतातिर धकेल्नु सिवाय केहि गर्दैन ।
    १. कसैको बहुमत आउँदैन । खेल त्यहि हो । प्रचण्ड कुनै हालतमा नेकाको बहुमत नआओस् चाहन्छ । यसो हुँदा गठबन्धन सरकारलाई आफ्नो पपेट बनाउन सकिन्छ– अहिले जस्तै । सडकमा पुराइदिन्छु भन्दै ।
    २. माकेले भनेको नमान्दा सडकमा पुगिन्छ । मान्यो भने सरकार आफ्नो तर हुकुम माकेको । यसले नेका कार्यकर्तामा विद्रोह र वितृष्णा जगाइदिन्छ । इमानदार कार्यकर्ता सहेर बस्लान तर विद्रोह अधिकार हो सबैले त्यो सहन नसक्लान । अन्ततः नेकाले कार्यकर्ताको भावना अनुसार निर्णय लेला । अनि माकेले सरकार गिराइदेला । अर्को ५ वर्षसम्म यो अस्थिरता रहिरहनेछ ।
    ३. शेबदेले आरजुतिर आफ्नो विरासत हस्तान्तरण गर्न चाहे नेका भित्र विद्रोह हुनेछ । सग्लो नेका रहनेछैन । अर्को चुनावमा पनि कसैको बहुमत नहुने अवस्था हुनेछ ।
    ४. यी सबै संभावना हुन । यथार्थमा यस्तो नहुन पनि सक्छ । र, हुँदैन भन्ने आधार पनि हामिसँग छैन ।
    ५. यसो पनि हुन्न उसो पनि हुन्न । त्यसो भए के हुन्छ त ? साँच्चिकै नेतृत्व स्थिरता चाहन्छ भने कम्तिमा एक दलको बहुमतको सुनिश्चितता गरि गठबन्धन टुंगो लगाउनुस । नेका, माके वा एमाले । त्यसो भए स्थिरता होला र समृद्धि हासिल होला । अन्यथा हाम्रो पुस्ताले समृद्धि देख्न पाउनेछैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend