९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यस्ता छन् निर्वाचनका बेला दलका नेता, कार्यकर्ताले गर्न नहुने २१ आचरण


जनमञ्च संवाददाता
  • ६ बैशाख २०७९ , मंगलबार

  • यस्ता छन् निर्वाचनका बेला दलका नेता, कार्यकर्ताले गर्न नहुने २१ आचरण

    काठमाडौं, ६ बैशाख – स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनको क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने २१ आचरण सार्वजनिक गरेको छ ।

    यस्ता छन् दलका नेता कार्यकर्ताले चुनावी प्रचार प्रसारसम्बन्धी काम गर्दा पालना गर्नुपर्ने २१ आचरणहरू :
    १. जुलुस आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने,

    २. स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्न नहुने,

    ३. जुलुस, आमसभा कोणसभा, बैठक एवम् भेला गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय र स्थानको बारेमा कम्तीमा बहत्तर घण्टा अगावै जानकारी गराउनुपर्ने,

    ४. जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपड़ा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने, तर उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण खुलाई वितरण गर्न बाधा पर्ने छैन।

    ५. कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने,

    ६. एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने,

    ७. प्रचलित कानून वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने,

    ८. घर वा जग्गा धनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने,

    ९. कुनै क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने,

    १०. जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम गर्दा बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्नु पर्ने,

    ११. निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने,
    १२. निर्वाचन प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने,

    १३. उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाईएको ३४३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने,

    १४. कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने,

    १५. अनलाइन वेब पेज, टिभी स्क्रोलिड, सपिङ् मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न वा गराउन नहुने,

    १६. दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने,

    १७. कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी प्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने,

    १८. ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरुको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न वा गराउन मुद्रण नहुने,

    १९. कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न या गराउन नहुने,

    २०. उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने,

    २१. कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend