काठमाडौं, ६ वैशाख – नेकपा एकीकृत समाजवादीले आफूले चुनाव जितेको पालिकाहरुमा मदिरा सेवन गर्नेहरूले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा एकीकृत समाजवादीले मदिरा सेवदनमा कडाइ गर्ने उल्लेख गरेको हो ।
जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्न आवश्यक भएकाले यस्तो व्यवस्था गर्नुपर्ने निचोडमा पुगेको समावादीको घोषणा छ ।
मदिरा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गर्दा जथाभावी रूपमा मदिरा सेवनमा नियन्त्रण हुने र सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने एकीकृत समाजवादीको विश्वास छ ।
साथसाथै, नेपाली घरेलु पेय पदार्थको व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।
‘संसारका अरु देशले स्थानीय तथा रैथाने पेय पदार्थ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गरेका छन् । यसबाट हामीले सिक्न जरुरी छ’ घोषणापत्रमा भनिएको छ ।
नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेको देखिएको भन्दै घोषणापत्रमा लेखिएको छ, ‘यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु आवश्यक छ ।’
आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक रहेको एकीकृत समाजवादीको निष्कर्ष छ ।
संघ र प्रदेश सरकारहरुसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्दा आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास र नेपाली माल राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन्। हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्नका लागि यसले मुल नीतिबारे प्रष्ट पार्नका लागि घोषणापत्र सार्वजनिक गरिएको उनले बताए।
घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। एमालेसँग गरेको विद्रोह किन भयो ? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको छ।
घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन्। हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्नका लागि यसले मुल नीतिबारे प्रष्ट पार्नका लागि घोषणापत्र सार्वजनिक गरिएको उनले बताए।
घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। एमालेसँग गरेको विद्रोह किन भयो? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको छ।
‘मुल महत्व विद्रोह किन गर्यौं भन्ने राखेका छौं। विगतमा स्थानीय तहमा गरेका कामहरूलाई पनि राखेका छौं’ एकीकृत समाजवादीले भनेको छ।
यस्ता छन् नेकपा घोषणापत्रका मुख्य बुँदा
–पुष्पलाल लोकमार्गको सुरुवात
–काठमाडौं–नीजगढ द्रुत मार्गको सुरुवात
–स्थानीय तहमा महिला र दलितको उपस्थिति
–नेपालमा सुरुङमार्गको सुरुवात
–जनता आवास कार्यक्रमको सुरुवात
–विद्यालय र बालबालिका शान्ति क्षेत्रको घोषणा
–निशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा
–प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने
–किसानको लगानी सुनिश्चितता गर्ने कार्यक्रम अघि सारेको
–हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग हुने
–हरेक पालिकामा पुस्तकालय बनाउने
–प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने
–भ्रष्टाचार निर्मुल पार्ने
–घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ